• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

पाँच लाख रुपैयाँ घुस लिँदालिँदै मण्डल पक्राउ

पाँच लाख रुपैयाँ घुस लिँदालिँदै मण्डल पक्राउ

राजविराज, ०६ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोेलीले शुक्रवार जिल्ला मालपोत कार्यालय सिरहाका प्रमुखलाई घुस रकमसहित पक्राउ गरेको छ ।
आयोगको बार्दिवासबाट खटिएको टोलीले प्रमुख रामबाबु मण्डललाई पाँच लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । मण्डलले सेवाग्राहीसँग सो रकम लिँदै गर्दा रङ्गेहात पक्राउ गरिएको आयोग बर्दिवासका प्रमुख नारायणप्रसाद सापकोटाले बताए ।
सुकुम्बासीलाई जग्गाको प्रमाण उपलब्ध गराईदिन प्रमुख मण्डलले रकम माग गरेको भन्दै आयोगमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।