• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

क्रिमसन किड्स एकेडेमीले मनायो विश्व बाल दिवस

क्रिमसन किड्स एकेडेमीले मनायो विश्व बाल दिवस

बिरेन्द्र बजार, ४ मंसिर । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर–२ मा बुधबार क्रिमसन किड्स एकेडेमी चाँदनी चौकले विश्व बाल दिबस मनाएका छन् । विद्यालयमा नृत्य, वक्तृत्वकला, खेलकुद प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमको आयोजना गरि विश्व बाल दिवस मनाएको हो । उक्त अबसरमा आयोजित नृत्य प्रतियोगितामा १० जना मध्ये सुष्मा लामा प्रथम, काजल यादव द्वितिया, स्मृति चौधरी तृतीय र नम्रता चौधरीले सान्त्वना स्थान हासिल गरिन ।
यसैगरी बक्तृत्वकला प्रतियोगितामा आरती साह प्रथम, प्राप्ती चौधरी द्वितीय, प्रेरणा चौधरी तृतीय र स्मृति चौधरीले सान्त्वना स्थान हासिल गरिन् । यसैगरी खेलतर्फ स्पोन माईलमा प्राप्ती चौधरी, सुज रेशमा, सन्नु भगत, दौड छात्र तर्फ रितेश चौधरी, छात्रातर्फ भुमिका चौधरीले प्रथम स्थान हासिल गरे ।
प्रतियोगितामा सहभागी छात्रछात्रालाई पत्रकार बृजमान तामाङ, समाजसेवी कुशेश्वर प्रसाद चौधरी र विद्यालयका प्रिन्सिपल केशव चौधरीले शैक्षिक सामग्री पुरस्कार हस्तान्तरण गरे । शिक्षक सुवास परियारद्वारा सञ्चालित कार्यक्रममा स्वागत छात्र कृष्मा हुजदार चौधरीले गरिन् । यस अघि विद्यालय परिसरबाट निकालिएको र्याली मावि सितापुर भुर्की हुँदै विभिन्न गाउँ परिक्रमा गरि पुनः विद्यालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।