• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

बोदेबर्साईनका विद्यार्थीहरुलाई चाइना फाउन्डेसनको व्याग

बोदेबर्साईनका विद्यार्थीहरुलाई चाइना फाउन्डेसनको व्याग

राजविराज, ०२ मंसिर । चाइना फाउन्डेसनको सहयोग तथा एनआरएसडी÷सिएफएए नेपालको साझेदारीमा बोदेबर्साईन नगरपालिका अन्तर्गत विभिन्न विद्यालयहरूमा ब्याग वितरण गरिएको छ ।
सप्तरी क्षेत्र नम्बर ४(ख) प्रदेश सभा सदस्य अभिषेक यादवको प्रमुख आतिथ्यमा कक्षा १ देखि ५ सम्मका छात्र–छात्रालाई व्याग वितरण गरिएको हो । महेन्द्र चुन्नी माध्यमिक विद्यालय मानराजामा ५ सय ६१ थान, जनता आधारभूत विद्यालय बोदेबर्साईन– १० खडगपुरमा २ सय १८, जनता आधारभूत देउरी बोदे बर्साईनमा ३ सय ४८, शत्रुध्न माध्यमिक विद्यालय बोदेबर्साईन–२ नेङ्गरा २ सय २१ थान वितरण गरिएको छ । थप तीन विध्यालयमा वितरण गर्न बाँकी रहेको प्रदेश सभा सदस्य यादवले जानकारी दिएका छन् ।
कार्यक्रममा चाइना फाउन्डेसनका कन्ट्री कोडिनेटर जाउ छिन्छाङ्ग , वडा नम्बर २ का वडा अध्यक्ष दिगम्बर यादव, राजपा नेता अमरेन्द्र यादव, नेपाली कांग्रेसका युवा नेता दिपेन्द्र कुमार यादव, समाजवादी युवा संघ केन्द्रीय सदस्य सप्तरी जिल्ला अध्यक्ष विशाल यादव ,स्थानीय सञ्चारकर्मी लोकेन्द्र प्रसाद यादव, शिक्षक, समाजसेवी, राजनीतिकर्मी समेतको उपस्थिति थियो ।