• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
डेढ लाखको समान तथा गोरु बरामद

राजविराज, २५ कात्तिक । सप्तरी प्रहरीले भन्सार छलि गरी ल्याउँदै गरेको डेढ लाख मुल्य बराबरको धान र गँहु झार्ने नयाँ थ्रेसरसहित गोरु बरामद गरेको छ ।
सोमवार ईलाका प्रहरी कार्यालय पातोबाट खटिएको प्रहरी टोलीले डाक्नेश्वरी नगरपालिका वडा नम्वर ६ औरहीबाट सो थ्रेसरसहित गोरु बरामद गरेको हो । गस्तीमा खटिएको प्रहरी टोलीले भारतीय बजारबाट भन्सार छलि गरी ल्याउँदै गरेको सो समान र गोरु बरामद गरिएको प्रहरीले जनाएको छ ।