• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरी प्रहरीद्वारा अवैध कपडा बरामद

राजविराज, २४ कार्त्तिक । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–राजविराज नगरपालिकाको सिमानाबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको ४१ हजारबढी रुपैयाँ बराबरको कपडा प्रहरीले बरामद गरेको छ ।
आइतवार प्रहरी चौकी कोइलाडी बरसाईनबाट गस्तीमा खटिएको टोलीले तिलाठी कोइलाडी गाउँपालिका–४ बाट सो अवैध कपडा बरामद गरेको हो । भारतबाट भन्सार छलि गरी ल्याउँदै गरेको गम्छा, कुर्ता सुरुवालसहितका लेडिज कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए ।
डिएसपी भारतीका अनुसार सो कपडा करिब ४१ हजार ६ सय रुपैयाँ बराबरको रहेको छ । बरामद गरिएको सो कपडा आवश्यक कारवाहीको लागि आइतवारै राजविराज भन्सार कार्यालयमा वुझाएको जनाएको छ ।