• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चन्दा संकलन गरेर निःशुल्क स्वास्थ्य शिविर, तीन सयबढी लाभान्वित

चन्दा संकलन गरेर निःशुल्क स्वास्थ्य शिविर, तीन सयबढी लाभान्वित

राजविराज, १८ कात्र्तिक । युवाहरुले चन्दा सङ्कलन गरेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सोमवार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सयबढी विरामी लाभान्वित भएका छन् ।
वडा नम्वर ६ बभनगामामा सप्तरी स्टार युवा क्लवले विराटनगरस्थित विराट मेडिकल कलेजसँग समन्वयन गरेर स्वास्थ्य शिविरको आयोजना गरेको हो । निःशुल्क शिविरमा जेनेरल सर्जरी, स्त्री तथा प्रसुति रोग, हाडजोर्नी तथा नशा रोग र रेडियोलोजी सहित विशेषज्ञ चिकित्सकहरुद्वारा विरामीहरुलाई स्वास्थ्य जाँच गरि औषधी समेत वितरण गरिएको क्लवका अध्यक्ष रामनाथ यादवले बताए ।
‘आर्थिक अभावका कारण रोग लुकाएर बसेका विरामीहरुलाई लक्षित गरी चन्दा संकलन गरेर निःशुल्क शिविरको आयोजना ग¥यो’ उनले भने–‘जसमा गाउँपालिकाले पनि औषधी उपलब्ध गराएर सहयोग पु¥याएको छ ।’ उनले शिविरमा सबैभन्दा बढी हाडजोर्नी तथा नशा रोग सम्वन्धि विरामीहरुलाई जाँच गरि औषधी वितरण गरिएको बताए ।
यसअघि गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले शिविरको उद्घाटन गर्दै स्थानीय जनताको स्वास्थ्य सेवामा पहुँच पु¥याउन गाउँपालिका प्रतिवद्ध रहेको बताए । यूवाहरुले गरेको कार्य प्रसंशायोग्य छ, यस्ता कार्यमा गाउँपालिका पनि हरसम्भव सहयोग गर्न तयार छ, ’ उनले भने ।
कार्यक्रममा वडा नम्वर ६ वडाध्यक्ष गोविन्द यादव, ७ का वडा अध्यक्ष गुलाव प्रसाद सिंह, स्थानीयहरु पञ्चदेव यादव, भुवन यादव, अरुण यादव, चेतनारायण यादव, शुभनारायण यादव, नवीन यादव, कैलु यादव, राजेन्द्र पण्डित, लक्ष्मी यादव, परशुराम यादव, बालकृष्ण मण्डल, हरिनारायण ठाकुर, सरोज राय, सुरेन्द्र यादव, रामनारायण यादव, राजेन्द्र प्रसाद साह, रामबहादुर रजक लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।