• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बाह्र किलोको अजिङ्गर फेला

राजविराज, ०९ कात्र्तिक । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर १ खरोखोलाबाट शनिवार १२ कलोग्रामको अजिङ्गर सर्प फेला पारेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले सो अजिङ्गर फेला पारेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सो अजिङ्गर ७ फिट लामो रहेको छ । फेला पारिएको अजिङ्गर डिभिजन वन कार्यालय राजविराजमा वुझाएको जनाएको छ ।