• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

चन्द्रा नमूना माविका ५६ जना छात्रालाई साइकल हस्तान्तरण

चन्द्रा नमूना माविका ५६ जना छात्रालाई साइकल हस्तान्तरण

राजविराज, ०८ कार्त्तिक । प्रदेश २ सरकारको ‘बेटी पढाउँ, बेटी बचाउँ’ अभियान अन्तर्गत सप्तरीको बोदे बरसाईन नगरपालिका–५ स्थित चन्द्रा नमूना माध्यमिक विद्यालयका छात्राहरुलाई शुक्रवार एक समारोहकाबीच साइकल प्रदान गरिएको छ ।
बोदे बरसाईन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच छात्राहरुलाई साइकल प्रदान गरिएको हो । समारोहमा बोल्दै नगर प्रमुख यादवले साइकल पाएपछि छात्राहरुको थप शिक्षातर्फ आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।
विद्यालयमा टाढा–टाढासम्मका छात्राहरु अध्ययरत रहेको जानकारी गराउँदै नगर प्रमुख यादवले उनीहरुलाई विद्यालयसम्म आउजाउ गर्न सहज बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादवको अध्यक्षतामा आयोजना गरिएको समारोहमा कक्षा ८ मा अध्ययरत ५६ जना छात्राहरुलाई साइकल प्रदान गरिएको छ ।


समारोहमा नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनश्याम यादव, विद्यालयको दाता परिवारका अनिरुद्धकुमार सिंह यादव, वृजेन्द्रकुमार सिंह यादव, गजेन्द्रकुमार सिंह यादव र दिलिपकुमार सिंह यादव लगायतकाले प्रदेश सरकारले सुरु गरेको छात्राहरुकालागि साइकल वितरण कार्यक्रमलाई प्रशन्सा गरेका थिए ।