• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
ढिस्कोले पुरिएर बालिकाको मृत्यु

राजविराज, ०८ कार्त्तिक । सप्तरीको कंचनरुप नगरपालिका–११ गोरपारमा शुक्रवार ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ । अर्की एक जना गम्भिर घाइते भएकी छन् ।
चाडपर्वमा घर लिपतोत गर्न माटो लिन पुगेकी १३ वर्षीया पुष्पाकुमारी सरदारको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।
पुष्पासँगै माटो लिन पुगेकी अर्की १५ वर्षीया मनपृत सरदार भने ढिस्कोमा परेर गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । मनपृतको उपचारार्थ विराटनगर स्थित नोबेल मेडिकल अस्पताल पठाइएको जनाएको छ ।