• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा चोरी पैठारी गरी ल्याउँदै गरेको ४० वटा राँगा बरामद

सप्तरीमा चोरी पैठारी गरी ल्याउँदै गरेको ४० वटा राँगा बरामद

राजविराज, ०५ कार्त्तिक । व्यापारीहरुले भारतबाट चोरी पैठारी गरी सप्तरीसहितका नेपाली बजारमा राँगा विक्री हुने गरेको पाइएको छ ।
प्रहरीले सोमवार साँझ चौरी पैठारी गरी ल्याउँदै गरेको ४० वटा राँगा नियन्त्रणमा लिएपछि सो तथ्य बाहिरिएको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बोदे बरसाईनबाट खटिएको प्रहरी टोलीले डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरबाट सो राँगा नियन्त्रणमा लिएको छ ।
भारतीय बजारबाट चोरी पैठारी गरी नेपालतर्फ ल्याउने क्रममा सो राँगा नियन्त्रणमा लिएको सुरक्षा बेशका सहायक प्रहरी नायव निरीक्षक विरेन्द्र महराले जानकारी दिए । सो राँगाको बजार मुल्य आठ लाख रुपैयाँ रहेको जनाएको छ । नियन्त्रणमा लिइएको राँगा आवश्यक कारवाहीकालागि राजविराज भन्सार कार्यालय पठाइएको जनाएको छ ।