• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वंशावली उपलब्ध गराउन थाइल्याण्डका राजालाई पत्र

राजविराज, २८ असोज । मैथिली साहित्यकार सभा जनकपुरधामले थाइल्याण्डका राजा महा वजीरालोंगकोर्नलाई बुधबार एक पत्र पठाएको छ ।
सभाका अध्यक्ष प्रेम विदेह र सल्लाहकार डा. राजेन्द्र विमलद्वारा थाइल्याण्डका राजालाई संयुक्त रुपमा पत्र पठाईएको हो । मिथिलाका राजा जनक वंशसँग पारिवारिक सम्वन्धको प्रवल सम्भावना रहेको भन्दै त्यहाँका राजालाई थाइ राजवंशको वंशावली उपलब्ध गराउन पत्रमा आग्रह गरिएको छ । निजी भ्रमणमा थाइल्याण्ड पुगेका जनकपुरधाम निवासी समिर कुमार दत्त मार्फत उक्त पत्र बैंकक स्थित थाइ राजदरबारमा पुर्याउने मैथिली साहित्यकार सभाका अध्यक्ष प्रेम विदेहले जानकारी दिएका छन् ।