• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेकपाद्वारा रुपनी गापामा शुभकामना आदानप्रदान

नेकपाद्वारा रुपनी गापामा शुभकामना आदानप्रदान

वृजमान तामाङ
विरेन्द्र बजार, २५ असोज । नेपाल कम्युनिष्ट पार्टी रुपनी गाउँपालिकाले वडादशैं, दिपावली, छठ र सामाचखेवा पर्वको अवसरमा शनिवार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
स्थानीय नेता असर्फी लाल यादवको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा अरुण कुमार साह, पार्टीका प्रदेश २ का सदस्य छेदी रजक, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बचनी देवी सरदार, वडा नम्बर ४ का अध्यक्ष छेदि ईसर, पत्रकार बृजमान तामाङ, बिन्दु कुमार यादव, नर्मदेव यादवले शुभकामना व्यक्त गरे ।
दिपनारायण साहले सञ्चालन गरेको कार्यक्रममा पार्टीका सदस्यहरु मिठु माझी, रामभजु यादव, तेज नारायण यादव, शुभ नारायण यादव, दुर्गानन्द ठाकुर, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष भागवत प्रसाद यादव, शिक्षक संगठन प्रदेश २ का सह संयोजक योगेन्द्र प्रसाद साह, अखिल नेपाल किसान महासंघ प्रदेश २ का संयोजक हरि नारायण महतो, स्वास्थ्य कर्मी संगठनका केन्द्रिय सदस्य हरि नारायण लौगी , रायपुरका पुर्व अध्यक्ष मुखिलाल यादव लगायकाले समेत शुभकामना मनतव्य व्यक्त गरे ।