• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराज रमाइलो मेला महोत्सव शुभारम्भ

राजविराज, १५ असोज । सप्तरी युथ नेपालको आयोजन तथा ग्रीन नेपालको सह–आयोजनामा राजविराज स्थित राज रङ्गशालामा बुधवारदेखि राजविराज रमाइलो मेला महोत्सव शुभारम्भ भएको छ ।
एक समारोहका बीच प्रदेश नम्वर २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले मेलाको उद्घाटन गरेका हुन् । मेलाको उद्घाटन गर्दै स्थानीय स्तरमा यस्ता मेलाहरु आयोजन हुनुले जिल्लाको विकास र समृद्धिमा समेत केही हदसम्म मदत मिल्ने उनले बताए ।
कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, उप–मेयर साधना झा, प्रा. सुरेन्द्र प्रसाद गुप्ता, समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, नेता सुनिता साह, सप्तरी युथ नेपालका अध्यक्ष श्रवण देव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । मेलाको प्रवद्र्धकमा सप्तरी उद्योग वाणिज्य संघ, सहयोगी निकायमा राजविराज नगरपालिका, खेलकुद विकास समिति, समन्वयमा सबल नेपाल, सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, ड्रिम नेपाल, सनराज नेपाल, आइडियल सहकारी संस्था लिमिटेड राजविराज, स्थानिय प्रशासन समेत रहेको छ ।