• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
डिई राजकुमार गोइत जेल चलान

राजविराज, ६ असोज । उपभोक्ता समिति गठन प्रकरणमा किर्ते गरेको आरोपमा पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइतलाई सोमवार जेल चलान गरिएको छ ।
यस अघि उनी सप्तरी जिल्ला अदालतबाट चार लाख रुपैयाँ धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए । सरकारी वकिल कार्यालयले १७ नम्वर दायर गरेपछि जिल्ला गोइतमाथि पक्राउ पूर्जी जारी गरिएको थियो । सोमवार उनी आफै उच्च अदालत जनकपुर–राजविराज इजलासमा उपस्थित भएपछि उनलाई जेल चलान गरिएको जनाईएको छ ।
प्रदेश नम्वर २ को भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सप्तरी जिल्लामा सञ्चालित योजनाको रकम कुम्ल्याउन गाउँपालिका तथा वडा कार्यालयको लेटरप्याड तथा दस्तखत किर्ते गरी सडक निर्माण उपभोक्ता समिति बनाएको आरोप छ । राजपा नेपालका केन्द्रीय सदस्य समेत रहेका पूर्व सांसद विपी यादव तथा राजपा अर्का केन्द्रीय सदस्य हरि मण्डललाई नियन्त्रणमा लिएर मुद्दा चलाईएको छ । सरकारी छाप दस्तखत किर्ते मुद्दामा उनीहरु दुवै जना राजविराज कारागारमा छन् ।