• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

अग्रज पत्रकार सुमनको असामयिक निधनप्रति पत्रकार महासंघ मर्माहीत

अग्रज पत्रकार सुमनको असामयिक निधनप्रति पत्रकार महासंघ मर्माहीत

राजविराज, ५ असोज । सप्तरीको कंचनरुप नगरपालिका–३ निवासी अग्रज पत्रकार हजारीप्रसाद सुमनको असामयिक निधनप्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरी मर्माहीत भएको छ ।
शाखाका अध्यक्ष जितेन्द्र खड्काले आइतवार विज्ञप्ति जारी गर्दै दिगंवत आत्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारमा हार्दिक समवेदन प्रकट गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारीताको माध्यमले निरंकशुत पञ्चायती व्यवस्थाको विरोध गर्दै मुलुकमा बहुदलिय प्रजातन्त्रका लागि अथक योगदान पु¥याएका प्रजातान्त्रीक योद्धाहरु मध्यै एक श्रद्धेय सुमन सप्तरीको पत्रकारीता जगतका लागि पनि ईतिहास पुरुष हुन ।’
पत्रकारीता जगतमा उहाँको योगदानको कदर स्वरुप नेपाल पत्रकार महासंघ सप्तरीलाई २०६९ सालमा भारदह साधारण सभामा श्रद्धेय सुमनलाई सम्मान गर्ने अवसर समेत प्राप्त भएको थियो, विज्ञप्तिमा उल्लेख छ । लामो समयदेखि हृदय रोगवाट ग्रसित रहेका अग्रज पत्रकार सुमनको आइतवारै निधन भएको हो ।