• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भव्यताकासाथ मनाईदै विश्वकर्मा पूजा

राजविराज, १ असोज । हिन्दु धर्मावलम्बीहरुले सप्तरीसहित देशैभरी बुधवार विश्वकर्मा पूजा भव्यताकासाथ मनाएका छन् ।
विश्वकर्मा पूजाको अवसरमा सहरदेखि ग्रामिण भेगसम्म विभिन्न स्थानहरुमा विश्वकर्माको प्रतिक माटाको मूर्ती बनाएर पूजाआजा गरिरहेका छन् । बस, कार, जीप, मोटरसाइकल आदि वाहनलाई पानीले सफा गरेर विधिपूर्वक पूजा गरिएको छ ।
यसैगरी विभिन्न मेसिनहरुको समेत विधिपूर्वक पूजाआजा गरिएको छ । संसारको श्रृजना गर्ने देउताको रुपमा परिचित विश्वकर्माको विधिपूर्वक पूजाआजा गरेपछि बर्षभरि वाहन, मेसिन आदि नबिग्रिने जनविश्वास रहेको छ ।
विश्वकर्मा पूजाका दिन बस, कार जिप, ट्रक, भ्यान लगायतका सवारीसाधनहरुलाई पानीले धोएर सफा गरि पुजा आजा गर्ने अनिवार्यता रहेको छ । पूजाकै अवसर पारेर सवारी साधन किन्ने प्रचलन समेत रहेको छ । उद्योगधन्दा, कलकारखानामा समेत विश्वकर्माको भव्य पूजाआजा गरिदै छ । विश्वकर्मा पूजाका अवसरमा विभिन्न स्थानहरुमा धार्मिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गरिएको हाम्रा सम्वाददाताहरुले जानकारी दिएका छन् ।