• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कारको ठक्करबाट दुई जना गम्भिर

बृजमान तामाङ
विरेन्द्र बजार, २० भदौ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका–२ स्थित चाँदनी चौकमा शुक्रबार कारको ठक्करबाट दुई जना मोटरसाइकलयात्री गम्भिर घाइते भएका छन ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वर्फ जाँदै गरेको बा ६ च ५१४७ नम्बरको कारले स ७ प ९६९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो । दुर्घटनामा सोहि ठाउँका ३५ वर्षिय विजय चौधरी र ३९ बर्षीय रमानन्द चौधरी गम्भीर गाइते भएका हुन् ।
घाइते दुवै जनालाई कञ्चनरुप स्थित धर्मेश्वर अस्पतालमा उपचार पश्चात थप उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये चालक विजयको अवस्था गम्भीर रहेकोे छ ।
विजयलाई आइसीयूमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्रकुमार मिश्राले बताए । कार र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।