राजविराज, २० भदौ । विश्व हिन्दू परिषद् सप्तरीद्वारा प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई शुक्रवार ज्ञापन–पत्र बुझाएका छन् ।
परिषद्का जिल्ला अध्यक्ष रामकिसुन साहसहित परिषद्का अभियन्ताहरुले संयुक्त रुपमा ज्ञापन–पत्र बुझाएका हुन् । नेपालगञ्ज काञ्जी हाउसमा रहेका ३ सय ७० वटा गाई, गोरु, बाच्छा, बाच्छी नगर प्रहरीको कमाण्डमा सम्बन्धित स्थानीय निकायको समन्वयमा सुर्खेत हुँदै दैलेखको श्रीस्थान लैजाने क्रममा गत भदौ १२ गते राती जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका– १४ कटुवामा–२४ थान गाई गोरु, मृत तथा दर्जनौ गौवंश घाईते फेला परेको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल सरकारको अकर्मण्यताका कारण घटनाकोे विश्व हिन्दू परिषद् नेपालले घोर निन्दा गर्दै उक्त घटनामा संलग्न जोकोहीलाई अविलम्व छानबिन गरि ठोस कानूनी कार्वाही गर्न माग गरेको छ । हिन्दूहरुको आस्थामाथि खेलवाड गर्नै तत्वहरुलाई निरुत्साहित गर्न नेपाल सरकार अग्रसर नभए शाान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी समेत दिईएको छ । विश्व हिन्दू परिषद् नेपाल सप्तरीले प्रधानमन्त्री तथा मन्त्री परिषदलाई ध्यानाकर्षण गराउन ज्ञापन–पत्र बुझाएको अभियन्ता जङ्गवहादुर सिंहले जानकारी दिएका छन् ।