• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सशस्त्र प्रहरीद्वारा राँगा पक्राउ

राजविराज, १९ भदौ । सप्तरीको वोदेवर्साईन नगरपालिका वडा नम्वर–१० खड्कपुरस्थित भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै १० थान राँगा सशस्त्र प्रहरीले विहीबार नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिब एक लाख रुपैयाँ बराबरको दश थान राँगा बरामद गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस वोदेवर्साईनबाट खटिएको आई.डि.नम्वर ८२२१ का सहायक प्रहरी नायव निरीक्षक वौवा बहादुर आले मगरको कमाण्डमा खटिएको पाँच जनाको टोलीले बरामद गरेको राँगाहरु राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाएको छ ।