• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मावि नेङ्गरामा ३६ छात्रालाई साईकल वितरण

बोदेबर्साइन, १८ भदौ । मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत सप्तरीको बोदे बर्साईन नगरपालिका स्थित शत्रुघ्न माध्यमिक विद्यालय नेङ्गरामा आयोजित कार्यक्रममा बुधबार साइकल वितरण गरियो ।
प्रदेश सभा सदस्य अभिषेक यादवको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच साईकल वितरण गरिएको हो । शैक्षिक रूपमा पछाडि परेका महिलाहरूकोलागि मुख्यमन्त्रीले ल्याएका जनप्रिय योजनाहरू छोरी शिक्षा विमा जस्ता योजनाहरूले छोरी सशक्तिकरणमा मद्दत पु¥याउने प्रदेश सभा सदस्य यादवले बताए । प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारीको सुनिश्चितता दिलाउने समेत विश्वास व्यक्त गरे ।
कार्यक्रमका अतिथि जिल्ला समन्वय समिति सदस्य मो.दाउद हुसेन, बोदे बर्साइन नगरपालिका वडा नम्वर २ का अध्यक्ष दिगम्बर यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरूण कुमार गोइत, विद्यालयका प्रधानाध्यापक युगेश्वर यादव, राजपा नेता अमरेन्द्र यादव, नेकपा नेता अरविन्द्र कुमार यादव लगायतका वक्ताले कार्यक्रमको प्रशंसा गर्दै सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त विद्यालयका कक्षा ८ मा अध्ययनरत ३६ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ ।