• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हत्यारा उम्काउन प्रहरीबाटै षड्यन्त्र भईरहेको पीडित पक्षको आरोप (भिडियोसहित)

हत्यारा उम्काउन प्रहरीबाटै षड्यन्त्र भईरहेको पीडित पक्षको आरोप (भिडियोसहित)

राजविराज, १३ भदौ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कविलासाकी कंचनकुमारी यादवको रहस्यमय मृत्यु घटना कमजोर पार्न प्रहरीबाटै षड्यन्त्र भईरहेको पीडित पक्षले आरोप लगाएका छन् ।
पीडित पक्षले शुक्रवार राजविराजमा पत्रकार सम्मेलन गर्दै राजनितिक दवावमा परेर प्रहरीले हत्यालाई आत्महत्या पुष्टि गर्ने कार्यमा लागेको आरोप लगाएका हुन् । ‘घटनास्थलमा मृतकको कपाल, फुटाइएका चुरा सहितका प्रमाण बरामद भएकोले बलपूर्वक घाटीमा पासो लगाएर कंचनलाई झुण्ड्यिाइएको छ’ मृतकका दाजु राजविराज नगरपालिका–१० का प्रविणकुमार यादवले भने–‘कंचनलाई नियोजित रुपमा हत्या गरिएकोले दोषीलाई कानूनी दायरामा ल्याउनुपर्छ ।’
घटना लगत्तै जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगे पनि जाहेरी लिन नमानेपछि चौतर्फी गुहार गर्नु परेको बताउँदै यादवले त्यसपछि मात्रै गत साउन २८ गते जाहेरी दर्ता गरेको बताए । ‘जाहेरीमा उल्लेखित व्यक्तिहरुमध्ये मृतकका पति अरविन्द यादवलाई मात्र हालसम्म पक्राउ गरिएको छ’ उनले भने–‘घटनाका मुख्य योजनाकार बिनिता यादव, अरविन्दका पिता श्रीलाल यादव, आमा फुलोदेवी, छिमेकी चन्द्रनारायण यादव र अरविन्दकै साथी संजीव यादवलाई किन पक्राउ गरिएन्? ।’
बिनिताकै परिवारको राजनितिमा प्रभावशाली पकड रहेकोले प्रहरीमाथि दवाव र्सिजना गराएको उनले पत्रकार सम्मेलनमा बताए । घटनाको विशेष अनुसन्धान प्रहरी टोलीले छानवीन गर्नुपर्ने र दोषीलाई कडा कारवाही हुनुपर्ने पीडित पक्षको माग छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मनोजकुमार यादवले जाहेरीको आधारमा अरविन्दलाई पक्राउ गरी अन्य आरोपीको खोजी कार्य भईरहेको बताए । ‘अरविन्दमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ’ उनले भने–‘घटना हत्या वा आत्महत्या हो भने विषय अनुसन्धानकै पाटो हो, त्यही कार्यमा हामी लागेका छौं ।’
उनले प्रहरीलाई कुनै किसिमको दवावबाट प्रभाव नपर्ने र अनुसन्धानमा दोषी देखिने जो कोहीलाई पनि कानूनी प्रक्रियामा ल्याउन आफुहरु तत्पर रहेको बताए ।
०७४ जेष्ठ १२ गते अरविन्दसँग वैवाहिक बन्धनमा बाँधिएकी कंचन गत साउन १९ गते विहान आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।