• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रेस स्वतन्त्रता र पेशागत सुनिश्चिता गर्न प्रतिवद्ध छौंः अध्यक्ष आचार्य

प्रेस स्वतन्त्रता र पेशागत सुनिश्चिता गर्न प्रतिवद्ध छौंः अध्यक्ष आचार्य

राजविराज, ८ भदौ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रता र पेशागत सुनिश्तिताकालागि आफुहरु जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सहकार्य तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा प्रेस काउन्सिल नेपालले आइतवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । देशमा संघीयता कार्यान्वयनसँगै प्रदेश र स्थानीय सरकार मिडियाहरुको व्यवस्थापन तथा संरक्षणमा ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले भने ‘प्रेस स्वतन्त्रता र पेशागत सुनिश्तिताकालागि महासंघ जस्तोसुकै संघर्ष गर्न तयार छ, संघीय शासन व्यवस्था कार्यान्वयनसँगै तीनै तहको सरकारले पत्रकार तथा सञ्चारगृहहरुको संरक्षण गर्नु जरुरी छ ।’
आगामी वर्षदेखि पत्र पत्रिकाको वर्गिकरण सम्वन्धी कार्य प्रेस काउन्सिलले नगर्ने भन्दै समाचार तथा आचारसंहिता सम्बन्धी काम मात्र गर्ने बताए । पत्रकारहरुले हालसम्म पनि पत्रपत्रिका लगायत सञ्चार सम्बन्धी काम काठमाण्डौमै गर्नुपर्ने बाध्यता रहेको भन्दै अब चाँडै आ–आफ्नै स्वरुपमा जाने उनले बताए । पत्रकारहरुले समाजिक सञ्जालमा के लेख्ने, के नलेख्ने भने विषयमा गम्भीर हुनुपर्नेमा जोड दिँदै उनले भने ‘पत्रकारले समाजिक सञ्जाललाई मनपर्दी ढङ्गले जे पनि लेख्न पाईदैन, जिम्मेवार भएर प्रस्तुत हुनुपर्दछ ।’ नेपाल पत्रकार महासंघले पत्रपत्रिका र पत्रकारहरुको समस्याप्रति निर्णय गरे पनि नेपाल सरकारले कार्यान्वयन नगरेका कारण समस्या समाधानकालागि आगामी दिनमा आन्दोलन समेत गर्ने अध्यक्ष आचार्यले चेतावनी दिए ।
बताएका छन् ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आगामी दिनमा पत्रकारहरुले श्रम गरे वापत तोकिएको मापदण्ड अनुसारको पारिश्रमिक पाउनुपर्नेमा जोड दिएका छन् । श्रमजिवी ऐन कार्यान्वयनकालागि ठूला मिडिया, मझौला मिडिया र स्थानीय तहका मिडियाहरुलाई दिएको निर्णय सरकारले आफुखुशी गरेको निर्णयका कारण समस्या समेत हुने गरेको उनले बताए ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, वरिष्ठ पत्रकार अनिल कुमार अनल, प्रेस काउन्सिलका पूर्व सदस्य देवराम यादव, महासंघ शाखाका उपाध्यक्ष श्यामसुन्दर यादव, पूर्व अध्यक्ष विष्णु मण्डल, पत्रकारहरु माला कर्ण, नविन गुप्ता, सतिश दत्त, हेमशंकर सिंह, वैद्यनाथ यादव लगायतले पत्रपत्रिकाको वर्गिकरण र श्रमजिवी ऐन कार्यान्वयनको अवस्थाबारे मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन महासंघका सह–सचिव चन्दन यादवले गरे ।
सोही कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथिसहित अतिथिहरुलाई पाग र गम्छा ओढाएर सम्मान गरिएको छ ।