• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चुरे जोगाउन जस्तोसुकै कदम चाल्न तयार छौंः मुख्यमन्त्री राउत

चुरे जोगाउन जस्तोसुकै कदम चाल्न तयार छौंः मुख्यमन्त्री राउत

जनकपुरधाम, ६ भदौ । प्रदेश नम्वर–२ का मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्ने संघीय सरकारको षडयन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उद्योग, वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्षमिनियामा आयोजना गरिएको वृक्षारोपन कार्यक्रममा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री राउतले संघीय वन मन्त्रालयले सागरनाथ वन विकास परियोजनालाई निगममा परिणत गरेर बन फडानी गर्ने षडयन्त्र प्रदेश सरकारले सफल हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै उनले भने ‘वन र चुरेको संरक्षण गर्न नसकिए प्रदेश नै मरुभूमिमा परिणत हुने खतरा रहेकोले आफुहरु वन र चुरे जोगाउन जस्तोसुकै कदम चाल्न तयार छौं ।’
वन प्रशासन र प्रहरीको मिलेमतोमा सङ्गठित रुपमै वन फडानी गर्ने कार्य भईरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यो कार्य प्रदेश सरकारलाई सह्य नरहेको उल्लेख गरे । आजकै मितिदेखि वन जोगाउने कार्यमा सक्रिय हुन वन प्रशासनलाई निर्देशन समेत उनले दिए । प्रदेश सरकारले सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्षमनियाँमा शुक्रवार २० हेक्टरमा ३० हजार वृक्षारोपण गरिएको छ । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, सामाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग वन तथा पर्यटन मन्त्री राम नरेश राय, राज्यमन्त्रीहरु डा. डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डल, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव दिपक सुवेदी लगायतको सहभागिता थियो ।