• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लोकसेवा अध्यक्षमा डा. यादवको सिफारिस

जनकपुरधाम, ५ भदौ । प्रदेश नम्वर २ को लोक सेवा आयोगको अध्यक्षमा डा. सुरेन्द्र प्रसाद यादवको नाम सिफारिस भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको सिफारिस समितिले विहीबार डा. यादवलाई अध्यक्षमा सिफारिस गरेको छ । समितिमा सभामुख सरोज कुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल सदस्य छन् । अध्यक्षमा सिरफारिस गरिएका डा. यादव सिरहा निवासी हुन् ।