• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

धर्म संस्कृतिको सम्वद्र्धनमा प्रदेश सरकार प्रतिवद्ध

धर्म संस्कृतिको सम्वद्र्धनमा प्रदेश सरकार प्रतिवद्ध

जनकपुरधाम, ४ भदौ । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले धर्म संस्कृतिको सम्वद्र्धनमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले कृष्णाष्टमीको सार्वजनिक विदाको माग गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । मुख्यमन्त्री राउतले सर्वधर्म समभावको नीति अवलम्बन गर्दै प्रदेश सरकार धर्म संस्कृतिको सम्वद्र्धनमा कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे ।
कृष्णाष्टमीको अवसरमा भदौ ६ गते प्रदेश सरकारले क्यालेण्डरमै विदा सार्वजनिक गरि सकेको उल्लेख गरे । उनले कृष्णाष्टमी जस्तो महान पर्वमा संघीय सरकारले समेत विदा गर्नुपर्ने र त्यसकोलागि आफुले पहल समेत गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।