• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मावि विषहरियामा छात्राहरुलाई साइकल वितरण

मावि विषहरियामा छात्राहरुलाई साइकल वितरण

राजविराज, ४ भदौ । प्रदेश नम्वर २ सरकारको मुख्यमन्त्री को अभियान ‘बेटी बचाउ बेटी पढाऊ’ अभियान अन्तर्गत सप्तरीको राजविराज वडा नम्वर १३ विषहरियामा बुधबार छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
महाबिर माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ का छात्राहरूलाई साइकल वितरण गरिएको हो । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका बीच प्रदेश सभाकी उप–सभामुख उपमा कुमारी देवले विद्यालयका छात्राहरुलाई साइकल हस्तान्तरण गरेकी छिन् । उप–सभामुख देवका निजी सचिव तारकेश्वर यादवले दिएको जानकारी अनुसार २२ थान साइकल वितरण गरिएको छ ।