• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गापा अध्यक्षको निर्देशनमा वर्थिङ सेन्टर पुनः सञ्चालनमा

गापा अध्यक्षको निर्देशनमा वर्थिङ सेन्टर पुनः सञ्चालनमा

वृजमान तामाङ
विरेन्द्र बजार, ३० साउन । सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले स्वास्थ्य चौकी तेरहौतामा रहेको वर्थिङ सेन्टर सञ्चालनमा राख्न निर्देशन दिएका छन् ।
आधिकारिकताको प्रमाण—पत्र, जनशक्ती कमी, सुरक्षा, श्रोतसाधनको अभावका कारण एक महिनादेखि ठप्प वर्थिङ सेन्टरको सेवा अध्यक्ष यादवको निर्देशनमा बुधवारदेखि सञ्चालनमा आएको हो । ‘वर्थिङ सेन्टर बन्द हुने अवस्थामा’ शिर्षकमा ‘न्यूज टुडे’मा समाचार सार्वजनिक भएपछि तत्कालै अध्यक्ष यादवले स्वास्थ्य चौकीका ईन्चार्ज, व्यवस्थापन समिति र सम्वन्धित व्यक्तिहरुलाई गाउँपालिकामा बोलाएर उक्त निर्देशन दिएको रुपनी गाउँपालिकाले जनाएको छ । ‘वर्थिङ सेन्टर सञ्चालन थियो भन्ने लागेको थियो अध्यक्ष यादवले भने समचार आएपछि पो सबै कुरा थाहा पाएँ, जनसरोकारसँग जोडिएको सेवा वन्द गरेर स्वस्थ्य चौकीले अमानविय व्यवहार देखाएको भन्दै अध्यक्ष यादवले आक्रोश पोखे ।
उनले वर्थिङ सेन्टर सञ्चालनकालागि परेको समस्याबारे स्वास्थ्य चौकीलाई जानकारी गराउन निर्देशन दिँदै गाउँपालिका सहयोग गर्न तत्पर रहेको समेत प्रतिवद्धता व्यक्त गरे । वर्थिङ सेन्टर सञ्चालनमा ल्याएकोबारे स्वास्थ्य चौकी तेरहौताका प्रमुख नरेश कुमार सेठले जानकारी दिदै गाउँपालिका अध्यक्षबाट भएको आदेश र प्रतिवद्धता अनुसार स्वास्थ्य चौकीमा उपलब्ध श्रोत साधन र जनशक्तिवाट २४ घण्टा सेवा प्रदान गर्ने बताए ।
वर्थिङ सेन्टर सञ्चालनमा आएपछि सेवाग्रहीको चाँपसँगै रात्री सुरक्षा गार्ड नहुँदा स्वास्थ्यकर्मीहरुले असुरक्षा महुसुस गर्न थालेकाले बाध्य भएर रात्रीसेवा वन्द गरिएको वडा अध्यक्ष गोविन्द सिंह थापा मगरले स्वीकार गरे । गाउँपालिका अध्यक्ष यादवले पाले सहित आवश्यक सुरक्षा मिलाई दिने प्रतिवद्धता व्यक्त गरेपछि बन्द रहेको सेवा सुचारु भएको अध्यक्ष मगरले जानकारी दिए ।
गतवर्षको साउन महिनादेखि सञ्चालनमा आएको वर्थिङ सेन्टरले एकवर्षको अवधि भित्र ३७ जनाको सफलतापुर्वक सुत्केरी गराईसकोको अनमि अस्मीता सरदारले जानकारी दिईन् । वर्थिङ सेन्टर सञ्चालनसँगै स्वास्थ्य चौकीमा अतिरिक्त सेवा लिने विरामीको सङ्ख्यामा समेत वृद्धी भएको खोप फोकल पर्सन अनमि सुनिता नेपालीले जानकारी दिईन । वर्थिङ सेन्टर सञ्चालनमा आएपछि त्यस भेगका वासिन्दाहरु खुशी भएका छन् ।