वीरगञ्ज, २९ साउन । भिजिट नेपाल २०२० को प्रर्वद्धनका लागि नेपालबाट मोटरसाइकल यात्रा प्रारम्भ भएको छ ।
फोर नेपाल नामक संस्थाको आयोजनामा २० जना मोटरसाइकल चालकहरुको यात्रा नेपालको काठमाण्डौदेखि भारतको पटनासम्मका लागि यात्रा तय भएको हो । केही दिन अघि मात्र सुरु भएको फोर नेपालको मोटरसाइकल यात्रा काठमाण्डौ, पोखरा हुँदै मङ्गलवार राति वीरगञ्ज आईपुगेको छ ।
राति करिब ८ बजे घण्टाघर चोक पुगेको भ्रमण टोलीका सदस्यहरुलाई आस्था नेपाल पुर्नस्थापना केन्द्रले वीरगञ्जमा स्वागत गरेको हो । आस्था नेपालका गौरव वर्माको नेतृत्वमा भएको स्वागत कार्यक्रममा अफताब खान, कमल शर्मा, सुवाष झा, संदिप साह, नितेश वर्णवाल, आदित्य गुप्ता लगायतकाले भ्रमण टोलीका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
पर्यटन वर्ष २०२० को प्रर्वद्धन तथा प्रचारकालागि सुरु भएको मोटरसाइकल यात्राको सफलताको शुभकामना व्यक्त गर्दै आस्था नेपालका वर्माले मोटरसाइकल भ्रमण टोलीका सदस्यहरुलाई वीरगञ्जमा स्वागत गरिएको छ । काठमाण्डौ, पोखरा हुँदै वीरगञ्ज आईपुगेको यात्राको अन्तिम गन्तव्य भारत बिहारको राजधानी पटना हुनेछ । लागुऔषध दुव्र्यवसनमा लागेका युवाहरुलाई पुर्नस्थापना गर्ने कार्यमा आस्था नेपाल विगत लामो समयदेखि सक्रिय छ ।