• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रक्षाबन्धन सामग्री किन्न बजारहरुमा चहल–पहल बढ्दो

रक्षाबन्धन सामग्री किन्न बजारहरुमा चहल–पहल बढ्दो

राजविराज, २९ साउन । भाइवहिनी बीचको पवित्र बन्धनको पर्व भाइटीका पछिको दोस्रो ठूलो पर्व रक्षाबन्धनका अवसरमा स्थानीय बजारहरुमा किनमेल गर्नेहरुको चहलपहल बढेको छ ।
दिदीबहिनी नभएका दाजुभाइले पुरोहितबाट राखी बाँध्ने परम्परा रहेको छ । दिदीवहिनीहरुले दाजुभाइकालागि रङ्गीविरङ्गी राखीहरुका किन्न सप्तरीको राजविराज नगरपालिका सहितका बजारहरुमा भिँड लागेको छ । यस अतिरिक्त दाजुभाइकालागि मिठाइसहितका सामग्रीहरु किन्न बजारहरुमा महिलाहरुको भिँड बढेको स्थानीय व्यवसायीहरुले जानकारी दिएका छन् ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले र्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेको शास्त्रहरूमा उल्लेख छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा छ ।