• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

सञ्चारकर्मी दासको मैथिली भाषाको म्युजिक भिडियो सार्वजनिक

सञ्चारकर्मी दासको मैथिली भाषाको म्युजिक भिडियो सार्वजनिक

राजविराज, २९ साउन । पत्रकार एवम प्रशिक्षक सोनुकुमार दासको मैथिली गीत युट्यूब मार्फत सार्वजनिक गरिएको छ ।
‘सौगात क्रिएसन फिल्मस प्राइभेट लिमिटेड ’ नामक यू–ट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो । गायक सोनुकुमार दासको सुमधुर स्वरमा सजिएको उक्त गीतमा विशाल देव र पुनमले मोडलिङ्ग गरेकी छिन् ।
उक्त गीत युनाइटेड रेकर्डिङ स्टुडियोबाट संयोजन गरिएको हो । ‘कोना बताएब मोनक बात’ बोलको गीतमा सप्तरी जिल्लाको अधिकांश प्राकृतिक एवम् धार्मिक स्थलहरुमा छायाङ्कन गरिएको छ । गीतको रचना, सङ्गीत तथा निर्मातां सागरवीर कडारीले गरेका छन् । दास पत्रकारिता क्षेत्रमा सक्रिय रहनुकासाथै विभिन्न तालिमहरुमा प्रशिक्षकको रुपमा काम गर्दैआएका छन् ।