• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

समायोजन गर्न समाजवादी पार्टीद्वारा सप्तरीमा कार्यदल गठन

समायोजन गर्न समाजवादी पार्टीद्वारा सप्तरीमा कार्यदल गठन

राजविराज, २९ साउन । समाजवादी पार्टी सप्तरीको ९ सदस्यीय जिल्ला स्तरीय कार्यदल गठन गरिएको छ ।
समाजवादी पार्टीका मधेश प्रदेश समिति प्रदेश नम्वर २ का उपाध्यक्ष उर्मिला साहको अध्यक्षतामा वुधवार आयोजित एक भेलाले केदार प्रसाद यादवको संयोजत्वमा कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यहरुमा निलेश कुमार झा, चितरन्जन यादव, लक्ष्मण यादव, विनोद चौधरी, ताज महमद, रामदत्त साह, शिवदर्शन पासवान, शोभा देव रहेका छन् ।
तत्कालीन संघीय समाजवादी पार्टीबाट ५ र नयाँ शक्तिबाट चार जना कार्यदलमा रहेका छन् । कार्यदलले दुवै पार्टीवाट समायोजन गरी जिल्ला समवन्य समितिकालागि भदौ ५ गतेभित्र मधेश प्रदेश समिति प्रदेश नम्वर २ मा नाम सिफारिस गरी पठाईसक्नुपर्ने जनाईएको छ । समाजवादी पार्टी मधेश प्रदेश समिती प्रदेश नम्वर २ को आयोजनामा राजविराज स्थित साह धर्मशालामा आयोजित भेलामा पार्टीका केन्द्रीय सदस्यहरु अनिरुद्ध प्रसाद सिंह यादव, सुर्यनाथ यादव, जगदेव यादव, राजेश विद्रोही, मधेश प्रदेश समिति प्रदेश नम्वर २ का मुख्य सचिव शम्भु झा, सचिव एवम प्रदेश नम्वर २ का कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, सचिव रामकैलाश यादवको उपस्थिती थियो ।
यसैगरी मधेश प्रदेश समितिका सदस्य सत्यनारायण यादव, शिवशंकर यादव, निलम देवी राउत, भिम वहादुर तामाङ, ताज महमद, रमाकान्त चौधरी, अमृत साफी लगायतका दुवै पार्टीका जिल्लास्तरीय पुर्व पदाधिकारी तथा पालिका संयोजकहरुको उपस्थिति थियो । पार्टीका निर्वमान जिल्ला सह सचिव वृजमान तामाङद्वारा सञ्चालित कार्यक्रममा स्वागत जिल्ला अध्यक्ष केदार प्रसाद यादवले गरे ।