जनकपुरधाम, साउन २२ । प्रदेश नम्वर २ को प्रदेश सभाले लोकसेवा विधेयक सर्वसम्मतले पारित गरेको छ ।
विधेयकमाथि नेपाली काँग्रेसका प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी र नेकपाका सदस्य गोविन्द न्यौपानेले राखेको जिज्ञासाको मुख्यमन्त्री लालबाबु राउतले जवाव दिएपछि प्रदेश सभाले विधेयक सर्वसम्मतिले पारित गरेको हो । कर्मचारी अभावको कारण सरकार प्रभावकारी रुपले काम गर्न कर्मचारी आवश्यक रहेको बताउँदै मुख्यमन्त्री राउतले विधेयक पारित भएपछि आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज बनाउने जानकारी दिए ।
लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यस अघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरेपनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्ने कार्य रोकिएको थियो ।