• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रहरी निरीक्षकद्वारा ब्यारेक भित्रै कुटिए जवान

प्रहरी निरीक्षकद्वारा ब्यारेक भित्रै कुटिए जवान

राजबिराज, २० साउन । शसस्त्र प्रहरी बल नेपाल ७ नम्वर गण हेडक्वाटर सिरहामा कार्यरत एक जवान ड्युटीमै आफ्नै प्रहरी निरीक्षकबाट कुटिएका छन् ।

प्रहरी जवान विजयकुमार यादव डियुटीमै रहेको अवस्थामा बिना कारण प्रहरी निरीक्षक सियाराम चौधरीले आफुलाई बुट, लात्ती, र फाईट हानेर मरणासन्न हुने गरी कुटपीट गरेको आरोप लगाएका हुन् । गत असार २५ गते बिहान ७ बजे प्रहरी निरिक्षक चौधरीले आफुलाई डियुटीमै बर्दीमा रहेको बेला अफिसमै बोलाई बिना कारण सार्वजनिक रुपमै सहकर्मीहरुकै सामुन्ने हातले घाँटी थिचेर कुटपीट गरेको पीडित जवान यादवको आरोप छ ।

‘गत असार २५ गते बिहान ७ बजे प्रहरी निरिक्षक चौधरीले आफुलाई डियुटीमै बर्दीमा रहेको बेला अफिसमै बोलाई बिना कारण सार्वजनिक रुपमै सहकर्मीहरुकै सामुन्ने हातले घाँटी थिचेर कुटपीट गरेको पीडित जवान यादवको आरोप छ ।’

प्रहरी निरीक्षक चौधरीको कुटाईबाट बायाँ कानको झिल्ली समेत फुट्ने गरि कानको सुन्ने शक्ति नाश हुने गरी बेहोस भएपछि आफुलाई तत्काल सिरहा अस्पताल पुर्याए पनि अवस्था गम्भिर भएपछि नोबेल अस्पतालको आईसियुमा उपचारका लागि भर्ना गरिएको सञ्चारकर्मी समक्ष पीडा सुनाए । प्रहरी निरीक्षक चौधरीले कसैलाई उजुरी गरिस् भने जागिर खाईदिने, ज्यान मारी जङ्गलमा फाली दिने धम्मी समेत दिएको उनको भनाई छ ।
सशस्त्र प्रहरी बल ७ नम्वर गण हेडक्वाटर सिरहाका वरिष्ठ प्रहरी उपरीक्षक गणेश छाडा मगर समक्ष चौधरीलाई कार्वाही गर्न निवेदन दिए पनि निवेदन दर्ता नगरी उल्टै ‘तिम्रो जागिर जान सक्छ, कार्यवाहीमा पर्छस्, चुप लागेर बस, धम्काउँदै गाली गरेको बताए । प्रहरी जवान यादवका अनुसार विवाह अगाडि नै आफ्नी पत्नीसँग प्रहरी निरीक्षक चौधरीको सामिप्य सम्बन्ध रहेको छ । उनले भने ‘मेरो लक्ष्मीपुर पताईर गाउँपालिकाको सितापुरमा भएको हो, प्रहरी निरीक्षक चौधरी समेत सोही ठाउँकै रहेकोले मेरो पारिवारिक जिवनमा दखल दिने काम गर्दैआएको छ ।’
प्रहरी निरीक्षक चौधरी र आफ्नी पत्नी बिचको सामिप्यताबारे आफुले थाहा पाएपछि झापा सरुवा गराएको जानकारी दिँदै उनले भने ‘मेैले झापा सरूवा गराए पनि त्यहाँ बस्न नदिई पुनः मलाई पहिलाकै ठाउँमा सरूवा फिर्ता गराईदियो ।’ त्यसलगत्तै गत बैशाखमा सप्तरी जिल्ला अदालतमा सम्बन्ध बिछेदको निवेदन दिएपछि चौधरीले आफुलाई निर्घात कुटपीट गरेको प्रहरी जवान यादवको आरोप छ ।
उपचार खर्च समेत नदिई, हेडक्वाटर हाजिरी हुन जाँदा एससपी मगरले ‘मलाई थाहा छैन, चुप लागेर गईहाल, तँ पागल, साइको छस्, ईन्सपेक्टर चौधरीले कुटपीट गरेको छैन, त्यसको विदा देखाईदिन्छु, के गर्छस्, चुप लागेर घर बस्’ भन्दै धम्काएको उनले बताए । पीडक ईन्सपेक्टर चौधरीलाई विभागीय कार्यवाही गरि जिउज्यानको सुरक्षाको ग्यारेन्टी र पुनः काममा फर्किने वातावरण बनाईदिनमा आवश्यक पहलकालागि सम्वन्धित सरोकारवाला निकायसँग प्रहरी जवान यादवले आग्रह गरेका छन् ।
यस विषयमा विस्तृत बुझ्न प्रहरी निरीक्षक सियाराम चौधरीको ९८१९७७३०६१ फोनमा पटक सम्पर्क गर्दा आगमन कल निषेध गरिएकोले सम्पर्क हुन सकेन ।