• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

उच्च अदालत जनकपुर इजलास राजविराजलाई ऐतिहासिक सफलता

दुई वर्ष नाघेका सम्पूर्ण मुद्दाहरु फैसला
उच्च अदालत जनकपुर इजलास राजविराजलाई ऐतिहासिक सफलता

राजविराज, १७ साउन । सप्तरीको राजविराज स्थित उच्च अदालत जनकपुर ईजलासले मुद्दा फर्छ्यौटमा ऐतिहासिक सफलता प्राप्त गरेको छ ।
अदालतका मुख्य न्यायाधीश तिल प्रसाद श्रेष्ठको नेतृत्वमा न्यायाधीशहरुको टिमको अथक प्रयासबाट स्थापना भएयताकै सर्वाधिक सफलता प्राप्त भएको हो । अदालतमा दर्ता भएका दुई वर्ष नाघेका एक हजार पाँच सय ४८ ओटा विभिन्न मुद्दाहरु फैसला भएको छ । शुरुदेखि नै रणनीति तहत गरिएको कार्य सम्पादनका कारण उच्च अदालत जनकपुर ईजलासमा दुई वर्ष नाघेका कुनै पनि मुद्दा नरहेको अदालतमा शुक्रवार आयोजित नागरिक समाज र सञ्चारकर्मीहरुसँगको कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको छ ।
अदालतबाट भएको कार्यसम्पादनबारे मुख्य न्यायाधीश श्रेष्ठद्वारा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार उच्च अदालत जनकपुर ईजलासमा ५ हजार ६ सय १० ओटा मुद्दा दर्ता भएको ४ हजार ६२ ओटा मुद्दा फर्छ्यौट भएको छ । समग्रमा यो अदालतले हासिल गरेको सफलता प्रतिशत ७२.४० रहेको छ ।
मुख्य न्यायाधीश श्रेष्ठका अनुसार फर्छ्यौटमा विराटनगरले ५६, जनकपुर ७२.९६, पाटन ६०, बुटवल ६७.२५, वीरगञ्ज ६३.९१ र राजविराजले ७२.४० प्रतिशत सफलता प्राप्त गरेको छ । अदालतमा सूचना तथा सहयोग कक्ष स्थापना गरी बिचोलिया नियन्त्रणकालागि प्रवेश पास प्रणाली, स्वचालित सूचना प्रणाली लगायतका महत्वपूर्ण कार्यहरु भएको जानकारी दिईएको छ ।
कार्यक्रममा कार्यक्रममा न्यायाधीश विपुल न्यौपाने, रोशन कुमार भट्टराई, सह–न्यायाधिवक्ता नारायण वहादुर थापा, उच्च अदालत जनकपुर ईजलास बार ईकाईका अध्यक्ष रामानन्द साह, नागरिक सञ्जालका अध्यक्ष सुखराम यादव, नागरिक समाजकी आभासेतु सिंह, अधिवक्ता सविता कोइराला, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पत्रकार हेमशंकर सिंह, महासंघका सह–सचिव चन्दन यादव लगायतले मन्तव्य व्यक्त गरे । न्यायाधीश तारा प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा रजिष्ट्रार रोशन कुमार भट्टराई तथा सञ्चालन विष्णुराज पोखरेलले गरे ।