राजविराज, १७ साउन । सप्तरीको मलेठ घटनाका सहीद पिताम्बर मण्डलका पिताको निधनको ९ औं दिनको पुण्यतिथिको अवसर पारेर शुक्रवार किरिया खर्च उपलब्ध गराईएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट किरिया खर्च वापत पच्चीस हजार रुपैयाँ उपलब्ध गराईएको हो । सहीद पत्नीलाई प्रदान गर्दै राजपाका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, सह–महासचिव गजेन्द्र कुमार मण्डल, केन्द्रीय सदस्य श्री अमरनाथ मण्डल, जिल्ला अध्यक्ष मण्डलका सदस्य सुनिल कुमा झा, पार्टीका नेता रामचन्द्र यादव, वडा अध्यक्ष शम्भु प्रसाद यादव, नेता राजेशवर राय, युवा नेता रामचन्द्र यादव लगायतको उपस्थिति थियो ।