• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
साउन २५ गते साहित्य परिषद्को साधारणसभा

राजविराज, १५ साउन । मैथिली साहित्य परिषद् राजविराजको साधारणसभा आगामी साउन २५ गते हुने भएको छ ।
राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा शनिवार आयोजना हुने निश्चित भएको हो । परिषद्को निर्णयानुसार पहिलो पटक साधारण सभा असार २८ गते निर्धारण गरिएको थियो । यद्यपी अत्यधिक वर्षा र बाढीका कारण सदस्यहरुको सहभागिता न्यून भएपछि स्थगन गर्दै साउन २५ गतेको तिथि निर्धारण गरिएको हो ।
साधारण सभामा संस्थाको प्रतिवेदन प्रस्तुति, आर्थिक प्रतिवेदन प्रस्तुति, नयाँ कार्यसमिति गठन सहितका विषयवस्तुमा केन्द्रित रहने परिषद्का सचिव श्यामसुन्दर यादवले जानकारी दिएका छन् । परिषद्का सम्पूर्ण सदस्य एवम् आजिवन सदस्यहरुलाई शनिवार विहान ११ बजे उपस्थितिकालागि उनले आग्रह गरेका छन् ।