• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय

एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय

राजविराज, ३० असार । राहत संकलन र वितरणको नाममा व्यापक गुनासाहरु आईरहेको भन्दै विपद् व्यवस्थापन समिति सप्तरीले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको छ ।
राजविराजमा सोमवार सम्पन्न सरोकारवालाहरु सम्मिलित आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बाढी प्रभावित परिवारलाई आवश्यकता अनुसार तत्काल त्रिपाल, खाद्यान्न सामग्री, भाडाकुडा सहितका सामग्री उपलब्ध गराउने समितिले निर्णय गरेको छ । जिल्लामा थप क्षति हुन नदिन सरोकारवालाहरुलाई चनाखो रहने तथा समन्वय बिना आउने राहत सामग्री जफत गर्ने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन् ।
विगत केही दिनयताको वर्षा र बाढीका कारण जिल्लामा करिब दुई हजार घर डुबानमा परेको थियो । यसैगरी करिब पाँच सय परिवार विस्थापित भएका छन् ।