• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गलत प्रवृति विरुद्घ संघर्ष गर्न नेकपा नेता यादवको आह्वान

गलत प्रवृति विरुद्घ संघर्ष गर्न नेकपा नेता यादवको आह्वान

राजविराज, १३ असार । गत असार १२ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सप्तरी जिल्ला कमिटीको सदस्यहरुको नामावलीप्रति नेकपाका नेता उमेश कुमार यादवले गम्भीर आपत्ति जनाएका छन् ।
उनले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै नामावलीप्रति गम्भीर आपत्ति जनाउँदै आक्रोश व्यक्त गरेका हुन् । माओवादी केन्द्रको तर्पmबाट नेकपाको प्रदेश अध्यक्ष बन्नु भएको कमरेडको पुरानै गुटगत एवम् सङ्कीर्ण मानसिकता, राजनीतिक पूर्वाग्रह एवम् प्रतिशोध पुर्वकको व्यवहार स्पष्ट भएको छ ।’
केही अपरिचित तथा भर्खर पार्टीमा आएका स्थानीय स्तरका कार्यकर्ताहरुलाई अगाडि सारेर महान जनयुद्धको क्रममा योगदान दिएका, कम्युनिष्ट आन्दोलनको सप्तरीको स्थापित नेतृत्वहरु, आफनो क्षमतालाई जनताको पक्षमा प्रयोग गरेर पार्टीलाई योगदान पु¥याउनु भएकाहरुलाई योजनावद्ध तरिकाले षडयन्त्र गरि बलजफ्ती पाखा लगाउने काम भएको भन्दै घोर आपती जनाएका छन् । नेता तथा कार्यकर्ताहरुको धैर्यता र अनुशासनलाई दुरुपयोग गरी पार्टी कब्जा गर्ने दिवा सपना देख्नेहरुलाई यो दुव्र्यवहार नसच्चाए निकट भविष्यमा महँगो सावित हुने तत्कालीन ने.क.पा. (माओवादी केन्द्र)का पोलिट व्युरो सदस्य समेत रहेका पूर्व सिंचाई मन्त्री यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिङगो पार्टी पंक्तिलाई यस्ता गलत प्रवृतिहरुको विरुद्घमा एकजुट भई संघर्ष गर्न समेत नेता यादवले आग्रह गरेका छन् ।