• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मन्त्रीकै आदेशमा पत्रकारलाई बाहिर बस्न भनेको हुँः सिडियो

मन्त्रीकै आदेशमा पत्रकारलाई बाहिर बस्न भनेको हुँः सिडियो

राजविराज, २६ जेठ । सप्तरीका प्रमखु जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आफु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवकै निर्देशनमा पत्रकारलाई कार्यक्रमबाट बाहिर बसिदिन आग्रह गरेको बताएका छन् ।
आइतवार राजविराजमा आयोजित सूचनाको हक सम्वन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो खुलासा गरेका हुन् । आफु सप्तरी आएदेखि नै पत्रकारहरुसँग राम्रो सम्वन्ध रहँदैआएको बताउँदै कार्यालय प्रमुखहरुलाई पत्रकारहरुको बीचमा स्पष्ट रुपमा कुरा राख्न असहज भईरहेको भन्दै पत्रकारहरुलाई बाहिरै बस्न मन्त्री यादवले दिएको निर्देशन अनुसार आफुले समेत आग्रह गरेको प्रजिअ पौडेलले बताए ।
सञ्चारकर्मीलाई कार्यक्रमबाट बाहिर बस्न गरेको आग्रहको घटनाप्रति दुःख व्यक्त गर्दै उनले भावनामा चोट पुगेको भए क्षमायाचना गर्दै समान्य कुरालाई विर्सिदिन आग्रह गरेका छन् । सञ्चारकर्मी वा आमनागरिकलाई सूचनाको हकबाट वञ्चित गर्ने वा अपमान गर्ने आफ्नो कुनै मनसाय नरहेको उनले प्रष्ट्याए ।
‘कार्यालय प्रमुखलाई मन्त्रीको निर्देशन कार्यक्रम’बाट निकाएपछि सञ्चारकर्मीले मन्त्री सम्मिलित अर्को कार्यक्रम समेत वहिष्कार गरेका थिए । घटनाका विषयमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले घटनाप्रति खेद व्यक्त गर्दै त्यस्ता कुरामा सुधार नगरिए कडा कदम चाल्न बाध्य हुने विज्ञप्ति निकालेको थियो ।
सूचनाको हक सम्वन्धि अन्तरक्रियामा सूचना आयुक्त किरणकुमार पोखरेलले नेपालको अन्तरिम संविधानमा सूचनाको हक बारे रहेको व्यवस्था, सूचनाको हक सम्बन्धित ऐन र सूचनाको हक सम्बन्धि नियमावलीबारे स्मरण गराए । कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका प्रमुख, उप–प्रमुख, कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनीधि, पत्रकार समेतको सहभागिता रहेको थियो ।