राजविराज, २५ जेठ । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले समाचार संकलनमा रहेका पत्रकारहरुलाई दुव्र्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीले भत्र्सना गरेको छ ।
महासंघका शाखा अध्यक्ष जितेन्द्र खड्गाले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यप्रति गम्भीर आपत्ति जनाउँदै भत्र्सना गरेका हुन् । ‘प्रमुख जिल्ला अधिकार निवास (सिडियो बङ्गला)मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवद्वारा जिल्ला स्थित कार्यालय प्रमुखहरुलाई निर्देशन दिन बोलाईएको कार्यक्रममा पत्रकारहरुलाई गरिएको अपमानजनक व्यवहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘उक्त कार्यक्रममा कार्यालय प्रमुखहरुले मन्त्री यादव समक्ष समस्याहरु राखिरहँदा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बीचैमा उठेर ‘मन्त्री र कार्यालय प्रमुखहरुलाई आफ्ना कुरा राख्न अलि समस्या भईरहेको छ, त्यसैले पत्रकार साथीहरु बाहिरै बसिदिनुस्’ भनेपछि समाचार संकलन गरिरहेका हाम्रा साथीहरुले उक्त कार्यक्रम वहिष्कार गर्दै बाहिरिनुभएको छ ।’
कार्यालय प्रमुखहरुले राखिरहेका जिल्लाका आम सरकोकारको विषय भएको भन्दै ती समस्याहरु पत्रकारहरुले सार्वजनिक गरिदिन्छन् कि भनी डराएर प्रमुख जिल्ला अधिकारीले गरेको व्यवहार र शैलीप्रति महासंघका अध्यक्ष खड्गाले गम्भीर आपत्ति जनाएका छन् । आम नागरिकलाई सुसुचित गर्न सहयोग गर्नुपर्ने निकायको प्रमुखले नै सूचनाका सम्वाहकहरुलाई कार्यक्रम स्थलवाट निकालेर सुचना दबाउने कार्य गरेको ठहर गर्दै यो कदमलाई आफुहरुले गम्भीरतापूर्वक लिएको जनाएका छन् ।
आगामी दिनमा सूचना लुकाउन गरिने यस्ता हर्कत बन्द गर्न र पत्रकारहरुलाई अपमानजनक व्यवहार गर्ने कार्य नदोहो¥याउन सम्वन्धित पक्षलाई सचेत गराईएको छ । यस्ता क्रियाकलाप नसच्चिए नेपाल पत्रकार महासघ शाखा सप्तरी कडा रुपमा प्रस्तुत हुने समेत प्रेस विज्ञप्ति मार्फत चेतावनी दिईएको छ ।