• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विप्लवका एरिया इन्चार्जद्वारा राजिनामा

स्वतन्त्र रुपमा जिवनयापन गर्ने प्रतिवद्धता
विप्लवका एरिया इन्चार्जद्वारा राजिनामा

राजविराज, २२ जेठ । नेपाल कम्युनिष्ट पाटी (विप्लव)का सप्तरी जिल्ला ३ नम्वर एरिया इन्चार्जको जिम्मेवारीमा रहेका तेजनारायण यादव ‘रन्जित’ले पार्टीको साधारण सदस्य समेतबाट राजिनामा दिएका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–१ निवासी रन्जितले बुधवार प्रेस विज्ञप्ति मार्फत राजिनामाको घोषणा गरेका हुन् । नेकपा विप्लवको आन्तरिक कलह र मधेश एवम् मधेशीलाई हेर्ने दृष्टिकोण स्पष्ट नभएको र पार्टीले लिएको ध्वंशात्मक गतिविधी देशको समृद्धि र विकासकोलागि बाधक भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सरकारले लिएको वार्ता र सम्वादबाट सबै समस्याको हल भन्ने नीति अन्तर्गत पार्टी वार्तामा नआउनु देश र जनताकालागि घातक सिद्ध हुने भन्दै प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘हतियार सबै समस्याको समस्याको हल नभएको हुँदा २०७३ सालदेखि नेकपा विप्लवको ३ नम्वर एरिया इन्चार्जको पदमा कामकाज गर्दैआएकोमा आजैको मितिदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिई स्वतन्त्र नेपाली नागरिकको रुपमा जीवनयापन गर्न चाहेको छु ।’ अब उप्रान्त उक्त पार्टीसँग आफ्नो कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष सम्वन्ध नरहने समेत प्रेस विज्ञप्तिमा जनाईएको छ ।
रन्जित यस तत्कालिन नेकपा माओवादी जनयुद्धमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए । अब उप्रान्त आफु कुनै पनि पार्टीमा आवद्ध नहुने तथा घरपरिवार चलाउन योग्यता अनुसारको पेशामा लाग्ने समेत उनले प्रतिक्रिया दिए ।