राजविराज, २१ जेठ । लोकसेवा आयोगले स्थानीय तहकालागि सार्वजनिक गरेको कर्मचारी भर्ना सम्वन्धी विज्ञापनप्रति समाजवादी पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
पार्टीका उप–महासचिव एवम् केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त विज्ञापनप्रति गम्भीर आपत्ति जनाएका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका कर्मचारीको पदपूर्ती प्रदेश लोकसेवा आयोगबाट गरिने स्पष्ट व्यवस्था हुँदाहुँदै संघीय लोकसेवा आयोगले समानुपातिक र समावेशिता समेतको संवैधानिक र कानूनी दायरा भन्दा बाहिर गएर स्थानीय तहका कर्मचारी भर्ना गर्न लागेको हुँदा समाजवादी पार्टी नेपालले घोर आपत्तिसहित विरोध जनाएका छन् ।
कानून विपरित स्थानीय तहकालागि निकालिएको कर्मचारी भर्ना सम्वन्धी सूच्ना अविलम्ब फिर्ता लिएर संघीयताको भावना र मर्मलाई सुरक्षित गर्ने कार्यमा सहयोग पुर्याउन पार्टीले अपिल गरेको छ । संविधान विपरित गैरकानूनी कार्यहरु रोक्न र कुनै पनि निकाय वा अङ्गहरुबाट त्यसप्रकारको कानून विपरितका काम कार्वाही हुन नदिनेतर्फ कदम चाल्न पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ ।