• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हात्तीको आतङ्कको त्रासमा रात काट्न बाध्य छन् सर्वसाधारण

हात्तीको आतङ्कको त्रासमा रात काट्न बाध्य छन् सर्वसाधारण

वृजमान तामाङ
विरेन्द्र वजार, २० जेठ । सप्तरीको अग्नीसाईर कृष्णासवरन, रुपनी गाउँपालिका लगायतका उत्तरी भेगमा वसोवास गर्ने हात्ती प्रभावित क्षेत्रका वासिन्दाहरु जोखिमपुर्ण जीवन बाँच्न बाध्य भएका छन् ।
विगत एकवर्षयता पटक—पटक जंगली हात्तीको समुहले दिनहु दर्जनौ घर तोडफोड गर्नुका साथै खाधान्न एवम् अन्नबालीमा समेत क्षति पुर्याउँदैआएको हो । हात्ती नियन्त्रण गर्न स्थानीय सरकार, प्रशासन र सम्वन्धित निकायमा जानकारी गराउँदा कसैले सुनुवाई नगरेको पीडितहरुको गुनासो छ । प्रमुख जिल्ला अधिकारी, स्थानीय पालिका प्रमुख, प्रहरी प्रमुख सहितका सरकारी निकायमा हात्ती धपाएर कोशीटप्पु वन्यजन्तु आरक्षमा पु¥याउन अनुरोध गर्दा कानूनी आधारमा धपाउन नसक्ने गैरजिम्मेवार जवाफ मात्र पाउने गरेको उनीहरुको आरोप छ ।
हात्तीले दिनहुजसो घरतोडफोड बस्ती पसेर आतंक मच्चाउँदैआएको छ । जंगली हात्तीको समुहले आइतवार राती रुपनी गाउँपालिकामा ८ ओटा घरमा तोडफोड गरी लाखौको क्षती गरेको छ । हात्तीले रुपनी गाउँपालिका वडा नम्वर ६ का लाल वहादुर मगरका छोरा साजन मगरको दराज, टिभी, डिसहोम, चामल, भाँडाकुडा, घर भत्काउँदा एक लाख भन्दा वढी क्षती गरेको छ ।
यसैगरी घन वहादुर तामाङको घरपुर्ण रुपले भत्काएर चामल, भाँडाकुडा, अन्य अन्नपात खाँदा एक लाख पचास हजार भन्दा माथिको क्षति गरेको पीडितले बताएका छन् । हात्तीले सुबध खंग, हस्त वहादुर श्रेष्ठ, मिरा मगर, ललित नारायण श्रेष्ठ, कन्तलाल चौधरी , सुरज राईको घरमा तोडफोड गरी अन्नपात खाएको पीडित परिवारले जनाएको छ ।
हात्तीले अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ का चन्द्रकान्त चौधरीको घर भत्काएर धानको भकारी तानेर खाएको जनाएको छ । हात्ती गाउँ पस्न साथ गाउलेहरु रातभर जागरम वसी सयौको सङ्ख्यामा भेला भई आगो र टर्च लाईटको सहायताले हात्तीको पछाडि लाग्ने गरेको स्थानीय सुर्यमान तामाङले जानकारी दिएका छन् । उनका अनुसार हात्ती हाल समेत सोही क्षेत्र आसपास रहेको छ ।