जनकपुरधाम, ११ जेठ । धानुक, कुर्मी, केवट र अमात्य लगायतका डिक्का समूह अन्तरगत पर्ने जातीहरुको अन्तराष्ट्रिय सम्मेलन तथा सम्मान कार्यक्रम जनकपुरधाम स्थित नेपाल वार एसोसिएसनको सभा हलमा शनिवार सम्पन्न भएको छ ।
जातीय उत्थान र यो जातीयका मानिसहरुको हरेक क्षेत्रमा पहुँच सुनिश्चित गर्ने, हामी पिछडिएका होईन पछाडि पारिएका समुह बाट उनमुक्ती, मान सम्मान र प्रतिस्ठाको लागि थप अगाडिको दिनमा हामी संसार भरिका मण्डल जातीलाई दिने उदेश्यका साथ प्रथम पटक सम्मेलन आयोजना गरिएको हो । धानुक युवा फाउन्डेसनको आयोजना तथा बरिष्ठ राजनीतिकर्मी खुशीलाल मण्डलको प्रमुख आतिथयमा सम्मपन कार्यक्रममा संघीय र प्रदेश सांसद, प्रदेश मन्त्री, स्थानीय निकायका प्रमुखहरु, राजनीतिककर्मी, समाजसेवी, सञ्चारकर्मी, चिकित्सक, शिक्षक, इन्जिनियर, गायक–गायिका, कलाकार लगायतका दर्जनभन्दा बढी विधामा योगदान पु¥याउने सय भन्दा बढी व्यक्तिहरुलाई पुलको माला लगाई प्रमाणपत्र सहित सम्मान गरेको छ ।
कार्यक्रममा संघीय सांसद रानी मण्डल, प्रदेश नम्वर २ को उद्योग वाणिज्य वन तथा पर्यटन राज्य मन्त्री सुरेश मण्डल, पृर्व सांसद हरिप्रसाद राय, राष्ट्रिय जनता पार्टीको केन्द्रीय उपाध्यक्ष सत्यनारायण मण्डल, संसद सरस्वती चौधरी, मध्य प्रदेशका पूर्व मन्त्री नारायण सिंह केसरी, गोपाल मण्डल (दरभङ्गा), आर के मण्डल (लखनउ), डा. धर्मपाल सिंह धानुक राजस्थान, तारकेश्वर सिंह धानुक झारखण्ड, बरिस्ठ पत्रकार रामभरोस कापडी लगायतका करिब ५ सय भन्दा बढी व्यक्तिहरुको उपस्थित रहेको थियो । संगठनकी मञ्जु मण्डलको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो ।