• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मुख्यमन्त्री राउतद्वारा प्रथम स्वर्णपदक विजेता अजित पुरस्कृत

मुख्यमन्त्री राउतद्वारा प्रथम स्वर्णपदक विजेता अजित पुरस्कृत

जनकपुरधाम, ८ जेठ । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वर्णपदक विजेता अजित कुमार यादवलाई बुधवार पुरस्कृत गरेका छन् ।
गत चैत महिनामा हङकङमा सम्पन्न थर्ड एसियन युथ एथलेटिक्स च्याम्पीयनशिप २०१९का स्वर्ण पदक विजेता सप्तरी राजविराज १२ निवासी यादवलाई मुख्यमन्त्री राउतले पाँच लाख एघार हजारको चेक हस्तान्तरण गर्दै पुरस्कृत गरेका हुन् । ३ हजार मिटरको दौड ८ मिनेट ३० सेकेण्डमा पुरा गर्दै यादव स्वर्ण पदक विजेता भएका हुन । नेपालको एथलेटिक्सको इतिहासमा स्वर्ण पदक जित्ने अजित पहिलो खेलाडी हुन् ।