• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कर्मचारी सहिदहरुको विवरण प्रजिअलाई हस्तान्तरण

कर्मचारी सहिदहरुको विवरण प्रजिअलाई हस्तान्तरण

राजविराज, ४ जेठ । सप्तरी जिल्लामा कार्यरहत रहँदाको अवस्थामा सहादत प्राप्त गरेका राष्ट्रसेवक निजामती कर्मचारीहरुको विवरण विहीबार प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले कर्मचारी शहिदहरुको विवरण प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई बुझाएका छन् । जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका विभिन्न कर्मचारीहरुको विवरण निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीले तयार पारेको उक्त विवरण प्रमुख जिल्ला अधिकारी पौडेललाई बुझाएका छन् ।
ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले तत्कालिन जिल्ला विकास समिति सप्तरीका कर्मचारी प्रभुनारायण यादव र जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका कर्मचारी आनन्द साहको मृत्यु भएको विवरण प्रमुख जिल्ला अधिकारी पौडेललाई बुझाएको अध्यक्ष झाले बताए । नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत सप्तरीमा कर्मचारीहरु शहादत भएका विवरण माग गरेपछि उक्त विवरण प्रजिअलाई बुझाईएको छ ।