राजविराज, २८ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
राजपा नेपाल जिल्ला कार्यसमिति सप्तरीले पार्टी कार्यालयमा शनिवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राष्ट्रिय अनुसन्धान, अख्तियार दुरुपयोग, सम्पत्ति शुद्धिकरणलगायतका अनुसन्धान गर्ने निकाय प्रधानमन्त्री कार्यालय अन्तर्गत किन लानु पर्यो ?’ उनले भने–‘यसले सरकार निरंकुश र तानाशाही भएर अघि बढ्न खोजेको पुष्टि हुन्छ ।’
कार्यपालिका, न्यायपालिका, ब्यवस्थापिका र मिडियालाई सरकारले नियन्त्रणको नीति बनाएको आरोप लगाउँदै उनले न्यापालिकामा न्यायाधिस नियुक्तिदेखि सरकारले चलखेल गरिरहेको बताए । न्यायपालिकामाथि समेत हस्तक्षेप भईहरुकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने– ‘यो समस्या हरके क्षेत्रमा छ’ सरकार हरके क्षेत्रमा हस्तक्षेप गर्ने र शक्ति केन्द्रिकृत गर्ने वाटोमा अघि वढिरहेको छ ।’
सरकारमा रहेकाहरुको बोली र ब्यवहारको ठेगान नहुँदा अझै समस्या भएको भण्डारीले वताए । देशका प्रधानमन्त्री संसदमा कुस्ति खेलौला झै प्रश्तुत हुनु दुःखद भएको भन्दै सरकारले संविधान संशोधनको विषयलाई वेवास्ता गरी राष्ट्र विखण्डनको मुद्दालाई वढावा दिएको पनि भण्डारीले बताए ।
् सिके राउतसँग वार्ता गर्दैमा ‘विखण्डनवाद र पृथकतावादको अन्त्य’ नहुने भन्दै उनले त्यो मुद्दा नै सरकारले वोकेको वताए । संविधान संशोधन नभए विभेद कायमै रहने, विभेदले विद्रोह र विद्रोहले विखण्डन निम्त्याउने भण्डारीले बताए । राष्ट्रपतिद्वारा संघीय संसदमा प्रश्तुत नीति तथा कार्यक्रमको भण्डारीले चर्को आलोचना गरे ।
राजपाका जिल्ला अध्यक्ष मण्डलका संयोजक जिबछ यादवको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव केशव झा, सह–महासचिव गजेन्द्र कुमार मण्डल, केन्द्रीय सदस्य दिपेन्द्र प्रसाद चौधरी, नरेन्द्र यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, उपाध्यक्ष सुचिता कुमारी यादव, युवा नेता निरज मुक्ति लगायतको उपस्थिति थियो ।