• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कर्मचारी अभावले एसइईको उत्तरपुस्तिका जाँच्ने कार्य प्रभावित

कर्मचारी अभावले एसइईको उत्तरपुस्तिका जाँच्ने कार्य प्रभावित

राजविराज, २२ वैशाख । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षणको काम प्रभावित भएको छ ।
गत वर्ष वैशाख मसान्तसम्म झण्डै ५० प्रतिशत उत्तरपुस्तिका परीक्षण भइसकेको थियो । तर, यस वर्ष कार्यालयमा कर्मचारी अभावका कारण उत्तरपुस्तिकामा कोडिङ्ग समेत हुन सकिएको छैन । ‘पदपूर्तिका लागि परीक्षा नियन्त्रण कार्यालयमा पत्रचार गरिसकेको छुु’ शिक्षा विकास तथा समन्वय इकाय कार्यालय सप्तरीका प्रमुख फनिन्द्र खत्रीले भने–‘उत्तरपुस्तिका परीक्षण व्यवस्थापन गर्ने कर्मचारी तत्काल पठाउने आश्वासन पाएको छु ।’
उनले कर्मचारी समायोजन प्रक्रियाले कर्मचारी आउन ढिलाई भएपनि दुई दिनभित्र कर्मचारी आईसक्ने दावी गरे । ‘कर्मचारी आए लत्तगै उत्तरपुस्तिकामा कोडिङ्ग गर्ने कार्य सुरु गर्ने तयारी छ’ उनले थपे ।
एक कार्यालय प्रमुख र २ शाखा अधिकृत, २ प्राविधिक सहायक, २ कार्यालय सहायक र एक जना सवारी चालक गरि कार्यालयमा कुल ८ जनाको दरवन्दी रहेकोमा शाखा अधिकृत र प्राविधिक सहायकको पद रिक्त रहेको प्रमुख खत्रीले बताए ।
गत चैत्र १० गतेदेखि भएको एसइईमा सप्तरीबाट नियमिततर्फ ८ हजार ३ सय ५६, आंशिकतर्फ १७ र गे्रड वृद्धितर्फ २ सय ४५ विद्यार्थी सम्मिलित छन् ।