• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
२५ हजार घुस रकमसहित जनप्रतिनिधि पक्राउ

राजविराज, १६ वैशाख । सप्तरीको सुरुङ्गा नगरपालिकाका एक जनप्रतिनिधि सोमवार पक्राउ परेका छन् । सर्वसाधारणसँग २५ हजार रुपैया घुस लिदै गर्दा वडा नं. ५ का वडाध्यक्ष मो. शिल्टु मियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
जग्गा नामसारीका लागि सिफारिस गर्न मियाले सर्वसाधारणसँग घुस लिदै गर्दा पक्राउ गरिएको आयोगको पुर्व क्षेत्रीय कार्यालयको टोलीको एक सदस्यले बताए । श्रोतकाअनुसार वावुको नामवाट छोराको नाममा सार्नुपर्ने जग्गा नामसारीको सिफारिस गरे वापत उनले पहिला आफनो नाममा ३० लाखको तमसुक वनाउन लगाएका थिए ।
२५ हजार नगदै दिने सर्त थियो’ श्रोतले भन्छ–‘जग्गा नामसारी भएपछि २ कठ्ठा जग्गा दिनु पर्ने र त्यसपछि तमसुक च्यात्ने सर्तमा वडा अध्यक्ष सिफारिस दिन तयार भएको श्रोतको भनाई छ । पक्राउ परेका मियामाथि थप अनुसन्धानकालागि पूर्व क्षेत्रीय कार्यालय लगिएको छ ।