राजविराज, १४ वैशाख । सप्तरीमा एक महिलाले आफनै जेठाजुलाई माँड खन्याएर घाईते बनाएकी छिन् ।
राजविराज नगरपालिका ११, झल्ही फर्सैठकी ३५ वर्षिया भोलीदेवी खंगले जेठाजु ३५ वर्षिय राजकुमार खंगलाई शुक्रवार माँड खन्याईदिएकी हुन । तातो माँडले राजकुमारको शरिरका विभिन्न भाग जलेको छ । उनलाई तत्कालै राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
घर अगाडिको नाला सफा गर्ने क्रममा दुवै विच विवाद भएर घटना भएको प्रहरीले जनाएको छ । विवाद गर्दै राजकुमार भोलीदेविको घरमा पुगेका थिए । सोही क्रममा भर्खरै निकालेको माड भोलीदेवीले राजकुमारको जिउमा खन्याईदिएको स्थानीयको भनाईका आधारमा प्रहरीले जनाएको छ ।
भोलीदेविलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । महिलाका पति श्यामकुमार खंग वैदेशिक रोजगारीमा छन् ।